करेन्टले ल्यायो चिज, बटर र मसरुम स्वादको चाउचाउ र चिजबल्स – Nepal Press

करेन्टले ल्यायो चिज, बटर र मसरुम स्वादको चाउचाउ र चिजबल्स

काठमाडौं । मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स ल्याएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो ।

कार्यक्रममार्फत उद्योगले सुपर प्रिमीयम चाउचाउअन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो । सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ । भने यसको प्रति पिसको मुल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ ।

साथै फेमीली प्याकमा २० रुपैयाँमा करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सोहि कार्यक्रमका बीच सार्बजनीक भएको छ । सोही कार्यक्रमकै माध्यमबाट चिज बल्स पारखीका लागि चिज बल्स अन्तर्गत चिजको स्वादमा ५० रुपैयाँमा चिज बल्स समेत सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *