कांग्रेसबाट निर्वाचित ढोरपाटन नगरपालिकाका वडाध्यक्ष मगर एमालेमा प्रवेश – Nepal Press

कांग्रेसबाट निर्वाचित ढोरपाटन नगरपालिकाका वडाध्यक्ष मगर एमालेमा प्रवेश

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जिवक कुमार पुन मगर एमालेमा प्रवेश गरेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा उनले कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ पाएर जितेका थिए । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो । पुनको प्रवेशलाई स्थानीय एमालेले महत्व दिएका छन् ।

मंगलवार बुर्तिवाङमा आयोजित राष्ट्रिय युवा संघको ढोरपाटन नगरस्तरीय भेलामा पुनसहित कांग्रेसका कार्यकर्ताहरु शिखर पुन,समवहादुर अदै,मिलन अदै,मदन घर्ती लगायत एमालेमा प्रवेश गरेका छन् ।

सोही कार्यक्रममा माओवादीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी निरुता घर्तीमगरसहित एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई एमालेका गण्डकी प्रदेश कमिटी सदस्य तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर