मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस – Nepal Press

मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडाैं । सरकारले  चालू संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

राष्ट्रपति भण्डारीले सूचना जारी गरे आज मध्यराति १२ बजेबाट अन्त्य हुनेछ ।

अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

अधिवेशनमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहेपनि अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्ताव संसदमा दर्ता भएपनि छलफल नहुँदै अन्त्यको भएको हो ।


प्रतिक्रिया

One thought on “मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

  1. महाअभियाेग टार्न अन्त्य गरिएकाे हाे । अनैतिक विदेशिका दलालहरू ईमान जमान गुमाएका लुटेरा, अनैतिक र हत्याराहरूकाे झुण्ड हाे याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर