‘एमसीसीका कारण कांग्रेसको भोट घट्दैन, बरु बढ्छ’
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस यतिबेला स्थानीय निर्वाचनकेन्द्रित एक महिने अभियानमा छ । अभियानका लागि केन्द्रीय नेताहरू देशैभरि परिचालन गरिएका छन् । संसदबाट एसमसीसी अनुमोदन गराउन सबैभन्दा मुख्य अग्रसरता कांग्रेसले लियो । एमसीसीका कारण हुनसक्ने राजनीतिक क्षतिसमेत रोक्ने उद्देश्यले कांग्रेस देशका सबै वडामा अभियान लिएर पुगेको छ । कांग्रेसको १ महिने अभियान, सरकारको काम र चुनावी तालमेलबारे कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशरे राणासँग गरिएको कुराकानी नेपाल टकमा ।
– निर्वाचनलक्षित अभियानका लागि कांग्रेसले १ महिने अभियान चलाइरहेको छ । टोलसम्मै पुगेको अभियान कस्तो हुँदैछ ?
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व मात्रै नभएर प्रदेश, जिल्ला, क्षेत्र र वडासम्मकै कार्यसमिति आगामि स्थानीय निर्वाचनकेन्द्रित भएको अवस्था छ । म पनि घरघर जाऔं, कांग्रेस जिताऔं अभियानका लागि रुपन्देही जिल्लामा खटिएको छु । म रुपन्देही पुग्दा अभियानप्रति अत्यन्तै सकरात्मक माहोल पाएको छु । केन्द्रले भन्नुभन्दा पहिले नै जिल्ला , क्षेत्र र वडाका साथीहरूले निर्वाचनलक्षित गतिविधि थालिसक्नुभएको छ ।
हामीलाई एमसीसीका कारण कुनै घाटा हुँदैन । एमसीसीका कारण हाम्रो भोट घट्दैन, बरु बढ्छ । किनकी एमसीसीबारे जनतामा छरिएका भ्रम हामीले चिर्दैछौं । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अत्यन्तै एकताबद्ध भएको छ ।
टोल समिति बनाउनेदेखि स्थानीय तहका सम्भावित उम्मेदवारबारे छलफल र संवाद सुरू भइसकेको रहेछ । त्यसैले अभियानको कार्यक्रम सञ्चालन गर्न एकदमै सहज भएको छ । १४ औं महाधिवेशनका दौरान तल्लो तहसम्मै हामीले निर्वाचन गरेका कारण निर्वाचित साथीहरू निकै खटिनुभएको छ । अरु साथीहरू पनि निर्वाचनमा पार्टी जिताउने अभियानमा जुट्नुभएको छ । पछिल्लो समय कांग्रेसको आन्तरिक एकता सुदृढ भएकोले भने तलसम्मै सकरात्मक सञ्चार भएको छ । त्यसैले यो १ महिने अभियानले कांग्रेसको तल्लो तहसम्मै नयाँ ऊर्जा प्रदान गरेको छ ।
– चुनावी अभियानमा कांग्रेस त होमियो तर पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू त अझै अलपत्र छन् । कांग्रेसले भ्रातृसंस्था बनाउन किन सकेन ?
कांग्रेसमा यो स्थायी समस्याजस्तो बनेको छ । पार्टी विभाजन र एकीकरणपछि भ्रातृ र शुभेच्छुक संस्थाहरुमा समस्या बढेको छ । भ्रातृ संस्थाहरू गतिशील भयो भने पार्टीलाई नै फाइदा पुग्ने हो । त्यसैले धेरै दिनसम्म नेविसंघ, तरुण दल, महिला संघजस्ता भ्रातृ संस्थालाई रिक्त राख्नुहुँदैन । यसबारे छिट्टै निर्णय लिन प्रयास भइरहेको भन्ने मैले बुझेको छु । अर्कोतिर भ्रातृसंस्था र शुभेच्छुक संस्थाहरुको अहिलेको मोडल पनि फेर्नुपर्छ जस्तो लाग्छ । वर्षभरी नै यस्ता संस्थाहरूको अधिवेशनमा मात्रै व्यस्त हुनुपर्ने, यिनीहरूको अधिवेशन गराउने प्रयासमै धेरै समय खर्चनुपर्ने अवस्था छ । त्यसैले भ्रातृ संस्थामा पार्टीको जस्तो तलैसम्म चुनाव गर्ने भन्दा अधिकतम सहमतिमा चलायमान संगठन बनाउनेतर्फ पनि सोच्नुपर्छ ।
– मुलुकको अर्थतन्त्र निकै संकटपूर्ण घडीमा रहेको बताइन्छ । तपाई पूर्वअर्थराज्यमन्त्री पनि भइसकेको नेता हुनुहुन्छ । खस्किएको अर्थतन्त्र बोकेर कांग्रेसले जनतासँग कसरी भोट माग्छ ?
अर्थतन्त्रको समस्या जुनरूपमा प्रस्तुत भएको छ त्यति खराब पनि होइन । यद्यपि केही सुधार्नुपर्ने विषयहरु पक्कै होलान् । अन्तर्राष्ट्रिय मुद्राको सञ्चिति जम्मा ४ महिनाको छ । कोभिडका कारण यसमा प्रभाव परेको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेकोले पनि हामीकहाँ मूल्यवृद्धिको समस्या देखिएको छ । अर्को भनेको तरलता संकट हो । यो हाम्रा लागि नयाँ होइन । हरेक वर्ष तरलता संकटको समस्या हामीले भोग्दै आएको हो । यी केही विषयहरुमा सुधार गर्नैपर्छ । सुधार गर्नै नसकिने समस्याका रूपमा पनि यिनीहरु छैनन् । अर्थतन्त्रलाई मजबुत बनाउन हाम्रो स्रोत बलियो हुनुपर्छ ।
एमालेजस्तो पार्टीले एमसीसीबारे आफ्नो स्पष्ट धारणा दिन सकेन । एमालेका प्रदीप ज्ञवाली, युवराज खतिवडाहरू एमसीसीको पक्षमा देखिए तर भीम रावल एण्ड कम्पनीले अनावश्यक विरोध गरिरहेको छ । यसबाट एमाले एउटा पार्टी हो कि, क्लब होकि एनजिओ हो ? भन्ने प्रश्न उठेको छ ।
अहिले हामीले एमसीसी अनुमोदन गरेसगै अन्तर्रांष्ट्रिय सहयोगको क्षेत्रमा सकरात्मक सफलता हासिल भएको छ । एमसीसी अनुमोदन नगरेको भए सायद अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा अझ क्षति हुने थियो । आन्तरिक ऋणबाट मात्रै हाम्रो अर्थतन्त्र चल्नसक्ने अवस्था नभएकोले अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ । सरकारले अर्थतन्त्रमा तत्काल देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको पनि छ । चुनावसम्म अहिलेका समस्याहरू सम्बोधन भइसक्नेछन् ।
– एमसीसीप्रति जनस्तरमा तीव्र विरोध छ । एमसीसीको पक्षपोषण गरेर चुनावमा जाँदा कांग्रेसलाई घाटा होला नि ?
हेर्नुस् कांग्रेसले नाफाघाटाको मात्रै राजनीति गर्दैन । कांग्रेसले सत्य र देशको आवश्यकतामा आधारित काम गर्छ । गिरिजाबाबुले भन्नुभए झैं कांग्रेसले जे बोल्छ त्यो पूरा गर्छ । हामीलाई एमसीसीका कारण कुनै घाटा हुँदैन । एमसीसीका कारण हाम्रो भोट घट्दैन, बरु बढ्छ । किनकी एमसीसीबारे जनतामा छरिएका भ्रम हामीले चिर्दैछौं । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अत्यन्तै एकताबद्ध भएको छ । पार्टीको हरेक तहको नेताले एमसीसीबारे जनस्तरमा छरिएको भ्रमविरुद्ध बोल्नुभएको छ । जनताले भने कम्युनिष्ट पार्टीले राजनीतिक स्वार्थ पूरा गर्नकै लागि एमसीसी गिजोलेको भन्ने बुझिसकेका छन् ।
अर्घाखाँचीमा चुनावी तालमेल गर्न कांग्रेस, माओवादी र समाजवादीबीच सहमति नै भइसकेको छ । चितवनमा भने कुनै पनि हालतमा तालमेल गर्नै नहुने धारणा देखिन्छ । यसरी पार्टीभित्र भएका धारणाबारे छिट्टै नै कांग्रेसको केन्द्रीय समितिले आवश्यक निर्णय लिन्छ ।
अब हामीलाई कुनै क्षति हुने देखिँदैन । किनकी जनताले एमसीसीमा कसले के गर्यो भन्ने बुझिसकेका छन् । एमालेजस्तो पार्टीले एमसीसीबारे आफ्नो स्पष्ट धारणा दिन सकेन । एमालेका प्रदीप ज्ञवाली, युवराज खतिवडाहरू एमसीसीको पक्षमा देखिए तर भीम रावल एण्ड कम्पनीले अनावश्यक विरोध गरिरहेको छ । यसबाट एमाले एउटा पार्टी हो कि, क्लब होकि एनजिओ हो ? भन्ने प्रश्न उठेको छ । अर्कोतिर कांग्रेसबारे जनता विश्वस्त देखिएका छन् । जे भएपनि कांग्रेसले भोटकै लागि राजनीति गर्दैन । सरकारमा हुँदा र विपक्षमा हुँदा कांग्रेसले दुईथरी कुरा गर्दैन भन्ने प्रमाणित भएकाले जनताले कांग्रेसलाई भोट दिन्छन् ।
– सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको चर्चा सुनिन्छ । तपाईंको विचारमा कांग्रेसले चुनावी तालमेल गर्नुपर्छ कि पर्दैन ?
यसबारे पार्टीभित्र छलफल भइरहेको छ । पार्टीभित्र चुनावी तालमेल गर्ने र नगर्ने भन्ने दुईखाले धारणा छ । अभियानको क्रममा पनि कुनै जिल्लामा चुनावी तालमेलको पक्षमा धारणा व्यक्त भएको छ भने कतै तालमेल गर्नै नहुने धारणा आएको छ । अर्घाखाँचीमा चुनावी तालमेल गर्न कांग्रेस, माओवादी र समाजवादीबीच सहमति नै भइसकेको छ । चितवनमा भने कुनै पनि हालतमा तालमेल गर्नै नहुने धारणा देखिन्छ । यसरी पार्टीभित्र भएका धारणाबारे छिट्टै नै कांग्रेसको केन्द्रीय समितिले आवश्यक निर्णय लिन्छ ।
अहिले मेरो व्यक्तिगत धारणा भन्नुभन्दा पनि पार्टीले यसबारे संस्थागत धारणा नै बनाएर जानुपर्छ । निर्वाचनमा हुने तालमेलले कांग्रेसको संगठनमा धक्का पुग्नुहुँदैन । कुनै पनि हालतमा जित्न कठिन हुने पालिकाहरुमा मात्रैपनि तालमेल गर्न सकिन्छ । गठबन्धनभित्र पनि यसबारे छलफल भएको हो । चुनावी तालमेलका सन्दर्भमा यत्ति भन्छु कि कांग्रेसले अब छ्टि्टै एउटा निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ ।
नागरिकता नपाएर छटपटिमा परेका जनतालाई अलपत्र पारेर, निजामती विधेयक अलपत्र पारेर अमेरिकालाई खुशी पार्न एमसिसि पास गरें भनेर अमेरिकी दलालहरू खुशी भएकाे देखेर जनताले गाउँ गाउँबाट लखेटनेवाला छन् । अर्काे कुरा महाअभियाेगमा छलफलकाे दिन ताेकेका प्रचण्डकाे हनुमानलाई थाहै नदिई अधिवेशन अन्त्य गर्दा बाेलेकाे सुनिएन त । ओलिले यस्ताे गरेकाे बेला ज्यानमारा र अरू दलालहरू खुब कराएकाे सुनिन्थ्याे । तिनीहरू सबै दुईजिब्रे दलाल, ईमान नभएका रहेछन् ।