गाउँगाउँमा विद्युत विस्तार भएसँगै पानीघट्ट लोप हुँदै – Nepal Press

गाउँगाउँमा विद्युत विस्तार भएसँगै पानीघट्ट लोप हुँदै

सोलुखुम्बु । सोलुखुम्बुको गाउँगाउँमा विद्युत विस्तार भएसँगै पानीबाट चल्ने पानीघट्ट लोप हुन थालेका छन् । बिद्युत सँगै नयाँ प्रविधि भित्रएपछि पानीघट्ट लोप हुदैगएका हुन् ।

रातभरी जाँतोमा पिठो पिँध्नुपर्ने बाध्यतालाई मध्येजनर राख्दै स्थानीय सामाग्री प्रयोग गरि निर्माण गरिएको घट्टा केहीबर्षयता लोप हुदैगएको सोलु दुधकुण्ड नगरपालिका ७ की डिककुमारी कार्कीले बताइन् । पानीको मुहान सुक्नुनका साथै विद्युतीय मिल भित्रिएपछि घट्टा बन्द हुन थालेको उनकाे भनाई छ । पछिल्लो समय छिटो छरितोका लागी विद्युतीय मिलको प्रयोग बढी हुने भएकाले पानी घट्ट लोप हुदै जान थालेका हुन् ।

समयको परिवर्तन संगै गाउँगाउँमा आईपुगेको प्रविधिले परम्परागत प्रविधिलाई विस्थापीत गर्दै आएको छ । पछिल्लो पुस्ताकोलागि विगतको प्रविधि एकादेशको कथामा परिणत हुने सोलुदुधकुण्ड नगरपालिका ७ की राधाकुमारी कार्कीको भनाई छ । कतिपय पुराना प्रविधि तथा संरचना मानिसको अबलोकन र अध्ययनको केन्द्र बन्दैगएका छन् ।

विगतमा निर्माण भएका संरचना नष्ट गर्ने भन्दापनि संरक्षण गरेर राख्न सकिएको खण्डमा अघिल्लो पुस्ताले गरेको गतिविधि तथा संघर्षलाई नजिकबाट बुझ्न थप मद्दत पुग्ने देखिन्छ । गाउँगाउँमा बिजसली विस्तार भएसंगै पानीबाट चल्ने पानीघट्ट लोप हुँदै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *