राप्रपा नेपालले रोज्यो चुनावचिन्ह ‘तीर’ – Nepal Press

राप्रपा नेपालले रोज्यो चुनावचिन्ह ‘तीर’

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी स्थानीय चुनावका लागि ‘तीर’ चिन्ह प्राप्त गरेको छ । निर्वाचन आयोगले उपलब्ध गराएका चिन्हहरुमध्ये राप्रपा नेपालले ‘तीर’ रोजेको हो ।

आज भएको जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा अध्यक्ष कमल थापाले आफूले रोजेको चिन्ह नपाए पछि तीर रोजेको बताए ।

‘आयोगले मागेको चिन्ह दिएन भनेर चुनावचिन्हविहीन भएर बस्न सकिँदैन, त्यसैले हामी तीरबाट चुनाव लड्नेछौं,’ थापाले भने ।

थापाले स्थानीय चुनावका लागि बढीभन्दा बढी उम्मेदवार उठाउने भन्दै यसको तयारीमा जुट्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर