स्थानीय चुनावमा एमालेसँग सहकार्यको प्रयास गर्छौंः कमल थापा – Nepal Press

स्थानीय चुनावमा एमालेसँग सहकार्यको प्रयास गर्छौंः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आसन्न स्थानीय चुनावमा एमालेसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले स्थानीयस्तरमा एमालेसँग छलफल अघि बढाउन जिल्ला अध्यक्षहरूलाई निर्देशन दिए ।

आज जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा थापाले भने, ‘हामी एमालेसँग चुनावमा सहभागी गर्ने प्रयास गर्नेछौं । तपाईंहरू अहिलेदेखि नै एमालेसँग् स्थानीयस्तरमा कुरा थाल्नुस् । कतै अगाडि बढ्ने अवस्था भयो भने केन्द्रबाट सहजीकरण गर्नेछौं ।’

थापाले अरु पार्टीहरूसँग पनि सहकार्य गर्न सकिने बताए । चुनावमा बढीभन्दा बढी उम्मेदवार उठाउनका लागि गृहकार्य गर्न उनले जिल्ला अध्यक्षहरुलाई निर्देशन दिए । पार्टीको घोषणापत्र र अध्यक्षले लेखेको पत्र चुनावअघि घर-घर पुर्‍याउनुपर्ने पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर