एमाले दैलेख निर्वाचन : मतान्तर बढाउँदै शर्मा – Nepal Press

एमाले दैलेख निर्वाचन : मतान्तर बढाउँदै शर्मा

सुर्खेत । नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि भएको मतदान अहिले गणना जारी रहेको छ ।

३ सय मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार रविन्द्रराज शर्माले मतान्तर बढाउदै लगेका छन । शर्माले ७५ मतले लिड गरेका छन् ।

उनले १८६ मत पाउँदा अर्का प्रत्याशी सूर्यबहादुर शाहीले १११ मत प्राप्त गरेका छन ।

एमाले दैलेखले आजै राती सम्ममा पदाधिकारीको मत परिणाम घोषणा गर्नेगरि मतगणना गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर