दैलेख एमाले अध्यक्षमा शर्मा विजयी – Nepal Press

दैलेख एमाले अध्यक्षमा शर्मा विजयी

सुर्खेत । नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी बनेका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी सूर्यबहादुर शाहीलाई १५० भन्दा बढि मतान्तरले पछाडि पार्दै विजय हात पारेका हुन ।

गएको पुस २३ गते भएको एमाले अधिवेशनमा फर्जी मत खसालिएको भन्दै विवाद भएपछि एमालेको केन्द्रीय निर्वाचन आयोगको पत्यक्ष निगरानीमा आज मतदान भएको थियो ।

जम्मा ६८४ मत खसेको थियो ।

नेकपा एमालेको उपाध्यक्षमा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा निर्वाचित भएका छन् ।

सचिवमा दुल्लुका तिलक प्रसाद रिजाल निर्वाचित भए भने उपसचिवमा गंगाराम दाहाल, कलावती न्यौपानेले विजय हात पारेको जिल्ला कमिटी सदस्य याम शर्माले नेपालप्रेसलाई बताए ।

यद्यपी अहिले सम्म निर्वाचन आयोगले आधिकारिक घोषणा भने गरेको छै ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर