युक्रेनी राष्ट्रपति भन्छन्- अमेरिकी सहयोगप्रति आभारी छु
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहयोगप्रति आफू आभारी रहेको बताएका छन् । रुसी हमलाको सशक्त प्रतिकार गरेको युक्रेनलाई अमेरिकाले आर्थिक सहयोगको बचन दिँदै आएको छ । सहयोग र सहायताको प्रावधानमा अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘व्यक्तिगत संलग्नता’ प्रति राष्ट्रपति जेलेन्स्कीले ऋणी भएको बताए ।
‘रूसी सैन्य मेसिन नरोकिने बेलासम्म’ अझै बढी सहयोग गर्न र थप प्रतिबन्धहरू जारी गर्न उनले अमेरिकी संसदलाई आह्वान गरे । रुसी संघका सबै राजनीतिज्ञलाई प्रतिबन्ध लगाउन उनले अमेरिकालाई सुझाव दिएका छन् ।
‘सबै अमेरिकी कम्पनीहरूले तुरुन्तै रुसी बजार छोड्नुपर्छ किनभने यो हाम्रो रगतले भरिएको छ,’ उनले थपे ।