एमाले रामेछापका नेता कँडेलसहित आधादर्जन कार्यकर्ता नेकपा एसमा प्रवेश – Nepal Press

एमाले रामेछापका नेता कँडेलसहित आधादर्जन कार्यकर्ता नेकपा एसमा प्रवेश

रामेछाप । नेकपा एमाले प्रदेश कमिटी तथा जिल्ला सदस्य कुमार कँडेल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीलगायत एमाले रामेछापका आधा दर्जन नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

साविकको टोकरपुर गाविसमा एमालेको तर्फबाट गाविस उपाध्यक्षसमेत निर्वाचित भएका कँडेलले आफू २०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेको र त्यही समयदेखि एमालेमा सकृय रहेको बताउँदै दोरम्बा शैलुङ गाउँपालिका तथा जिल्ला कमिटी चयनका सिलसिलामा संगठनमा आफ्नो भूमिकाको मूल्यांकन नगरिएका कारण पार्टी त्याग्नु परेको बताएका छन् ।

उनले आफ्नो ३२ वर्षे लामो यात्रामा एमाले र माओवादी केन्द्रको एकतापश्चात हजारौं कार्यकर्ताले देखेको सपनालाई तत्कालीन नेकपाको सरकारले चकनाचुर पारेको बताएका छन् ।

उनले आफू पहिलेदेखि नै १० बुँदे पक्षधर भएको र अहिले सहनै नसकेपछि विद्रोह गर्नुपरेको बताएका छन् ।

नेता कँडेलसहित प्रेस चौतारी रामेछापका नेता सौजन्यप्रसााद सत्याल लगाएतका नेता तथा कार्यकर्तालाई पार्टी अध्यक्ष माधवकुमार नेपालले खादा तथा अबीर लगाएर पार्टीमा स्वागत गरेका छन् ।


प्रतिक्रिया

One thought on “एमाले रामेछापका नेता कँडेलसहित आधादर्जन कार्यकर्ता नेकपा एसमा प्रवेश

  1. कुमार जी सधै तर मार्न कहाँ पाईन्छ त्यतै देखिएको कुरा कताकता रामेछापेली लाई स्पष्ट छ त शुभयात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर