जुम्लाका कांग्रेस नेतासहित विभिन्न पार्टीका १७ जना एमाले प्रवेश, ओलीले गरे स्वागत – Nepal Press

जुम्लाका कांग्रेस नेतासहित विभिन्न पार्टीका १७ जना एमाले प्रवेश, ओलीले गरे स्वागत

जुम्ला । नेपाली कांग्रेस जुम्ला प्रदेशसभा क्षेत्रीय उपसभापतिसहित विभिन्न पार्टीका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कांग्रेसको जुम्ला प्रदेशसभा (ख) क्षेत्रीय समितिका उपसभापति दानसिंह खत्री, विप्लव नेतृत्वको नेकपा समूहका जिल्ला कमिटी सदस्य कालीप्रसाद जैसीलगायत विभिन्न पार्टीका डेढ दर्जन स्थानीय नेताहरू एमाले प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा अबिर र खादा लगाइदिएर स्वागत गरे । सो क्रममा अध्यक्ष ओलीले देशभर नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेको भन्दै गठबन्धनसँगको प्रतिस्पर्धाका लागि एमाले तयार रहेको बताएका थिए ।

एमाले प्रवेश गर्नेहरूको नामावली :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर