निर्वाचन अभियानमा प्रदेश १ मा खटिए ५ नेता – Nepal Press

निर्वाचन अभियानमा प्रदेश १ मा खटिए ५ नेता

विराटनगर । नेकपा माओवादी केन्द्रले चुनावी अभियानअन्तर्गत प्रदेश १ का १४ जिल्लालाई केन्द्रीय सदस्यको नेतृत्वमा ५ वटा कमाण्ड बनाएर परिचालन गर्ने भएको छ ।

‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ नाराका साथ दुई महिने अभियान लिएर जनतामाझ जाने नेताहरूले बताएका छन् ।

ताप्लेजुङ, पाँचथर र इलामको कमाण्डर केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोलाई बनाइएको छ ।

केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेलाई झापा, मोरङ र सुनसरी, धनकुटा, तेह्रथुम संखुवासभाको कमाण्ड केन्द्रीय सदस्य हेमराज भण्डारी एवं भोजपुर-खोटाङ कमाण्डको जिम्मा केन्द्रीय सदस्य अजम्बर काङमाङलाई दिइएको छ । केन्द्रीय सदस्य सुरेशकुमार राईले उदयपुर, ओखलढुंगा र सोलुखुम्बुको जिम्मा पाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर