घुस लिएर सवारी लाइसेन्स दिने ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर – Nepal Press

घुस लिएर सवारी लाइसेन्स दिने ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मासहित ९ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै गण्डकी प्रदेश पोखराका शाखा अधिकृत हरिप्रसाद गौतम, तत्कालीन समयमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पोखरामा कार्यरत भरतराज काफ्ले विरुद्ध मुद्दा दायर गरिएको छ ।

यसैगरी प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालसमेत रहेका छन् ।

उनीहरुले २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको प्रयोगात्मक परीक्षामा १ सय ६८ जना परीक्षार्थीको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *