विप्लव नेकपाको केन्द्रीय समिति बैठक सुरु, चुनावबारे निर्णय हुने – Nepal Press

विप्लव नेकपाको केन्द्रीय समिति बैठक सुरु, चुनावबारे निर्णय हुने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा सुरू भएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा बैठक सुरू भएको हो ।

केन्द्रीय सदस्य आउन ढिला भएकाले बैठक बिहान बोलाइएको बैठक दिउँसो ३ बजेबाट सुरू भएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने कि बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय लिने भएकाले नेकपाको यस पटकको बैठक सबैका लागि चासोको विषय बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर