कांग्रेस केन्द्रीय समिति बैठक चैत ११ गते, टिकट बाँड्न समिति बनाइने – Nepal Press

कांग्रेस केन्द्रीय समिति बैठक चैत ११ गते, टिकट बाँड्न समिति बनाइने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत ११ गते बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बाेलाइएकाे हाे ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि समिति बनाउन बैठक बोलाइएको बताइएको छ । निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा संसदीय समिति गठन हुने बताए ।

यस्तै स्थानीय तह निर्वाचनका लागि ‘घरघर जाउँ कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर