कांग्रेस नेता महर भन्छन्- गठबन्धनलाई सिद्धान्त बनाउनु हुँदैन, आन्तरिक एकता बलियो बनाऔं – Nepal Press

कांग्रेस नेता महर भन्छन्- गठबन्धनलाई सिद्धान्त बनाउनु हुँदैन, आन्तरिक एकता बलियो बनाऔं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न निर्वाचनमा विजय प्राप्त गर्न गठबन्धनभन्दा पनि पार्टी भित्रको आन्तरिक गठबन्धन तथा एकता दरिलो बनाउनुपर्ने बताएका छन् ।

पार्टीको दायित्व, वर्तमान संरचना र अमेरिकी सहयोग परियोजना एमसीसी विषयमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १० ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महरले महाधिवेशनका बेला आफूहरुबीच केही चिसोपन भएपनि त्यसलाई हटाएर सम्पूर्ण रुपमा पार्टीका नेताकार्यकर्ताहरुबीचमा एकता कायम गर्न सके तीनवटै तहको निर्वाचनमा कांग्रेसको शानदार विजयलाई कसैले रोक्न नसक्ने बताए ।

घर घर जाऔं, कांग्रेस जिताऔं अभियानका क्रममा कांग्रेसले देशमा रहेका उपलब्धिहरु, तत्कालिन नेकपा सरकारका काण्डहरु र अमेरिकी अनुदान एमसीसीबारेमा जनतालाई प्रष्ट पार्नुपर्ने बताउदै नेता महरले पार्टीभित्रको द्धन्द्धलाई व्यवस्थापन गरेर चुनावमा होमिनुपर्ने बताए ।

गठबन्धन गर्नुपर्ने कुरालाई कुनै सिद्धान्त नबनाई आवश्यकता अनुसारका जानुपर्ने महरको भनाई थियो ।

चुनावी अभियान पश्चात देशका सबै वडा ६ हजार ७ सय ४३ वडाबाट आएको रिपोर्टका आधारमा केन्द्रीय कमिटीमा छलफल गरी थप निर्णय हुनसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर