एमाले निकट लोकतान्त्रिक किरात सुनुवार संघमा नयाँ नेतृत्व – Nepal Press

एमाले निकट लोकतान्त्रिक किरात सुनुवार संघमा नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमाले निकट लोकतान्त्रिक किराँत सुनुवार संघको अध्यक्षमा प्रेमकुमार सुनुवार निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले महासचिवमा सिन्धुलीका नारायण सुनुवारलाई सर्वसम्मत चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा रामेछापकी विमला सुनुवार र शारदा सुनुवार छन् भने सचिवमा विरु सुनुवार र इन्द्रसेन सुनुवार चयन भएका छन् । कोषाध्यक्षमा ताम्र सुनुवार छन् ।

सदस्यहरूमा मीनबहादुर सुनुवार, ललित सुनुवार, शशिकला सुनुवार, गंगा सुनुवार, सोमबहादुर सुनुवार, डिल्लीराज सुनुवार, गोपाल सुनुवार, ताराबहादुर सुनुवार, दीपक सुनुवार लगायत छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको सम्मेलनमा एमाले नेता तथा सांसद यज्ञराज सुनुवार, आदिवासी जनजाति महासंघका सह इन्चार्ज पासाङ शेर्पा लगायतले शुभकामना दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर