लोकतान्त्रिक महासङ्घ तनहुँमा गुरुङ – Nepal Press

लोकतान्त्रिक महासङ्घ तनहुँमा गुरुङ

तनहुँ । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ तनहुँको अध्यक्षमा रगबहादुर गुरुङ चयन भएका छन् । महासङ्घको शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा अमरराज थापा, सचिवमा शेरबहादुर बोटे, सहसचिवमा कमला भुजेल, कोषाध्यक्षमा रेशमबहादुर थापा चयन भएका छन् । यस्तै सदस्यमा गिरबहादुर थापा, देउबहादुर थापा, बुद्धसिं थापा, पार्वती गुरुङ, मीनबहादुर गुरुङ, छविलाल श्रेष्ठ, हेममाया थापा, झमबहादुर थापा, शेरजङ्ग थापा, ईश्वरी श्रेष्ठ, टेकबहादुर थापा, रोशन श्रेष्ठ, टेकबहादुर भुजेल, आलोक कुमाल, जुननारायण श्रेष्ठ, यामकुमारी भुजेल, सुष्मा कुमाल, बेलकुमारी, भीमबहादुर गुरुङ, रितबहादुर थापा, अम्बर गुरुङ, मनकामना थापा, पार्वती घर्ती, सूर्यकला घर्ती, अनिल गुरुङ, दिलबहादुर तामाङ निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले जातीय आन्दोलन नभई वर्गीय आन्दोलन अहिलेको आवश्यकता रहेको बताउँदै आदिवासी जनजातिको हकअधिकार सुनिश्चितताका लागि एमाले सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर