जनमोर्चा सुदूरपश्चिमका युवा नेता थापा एमाले प्रवेश – Nepal Press

जनमोर्चा सुदूरपश्चिमका युवा नेता थापा एमाले प्रवेश

कैलाली । जनमोर्चा सुदूरपश्चिम प्रदेशका युवा नेता प्रशान्त थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । थापा जनमोर्चानिकट अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।

धनगढीमा आयोजना गरिएको बुद्धिजीवी परिषद्को एक कार्यक्रम थापा एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले कैलाली इन्चार्ज तथा पोलिटब्यूरो सदस्य नारदमुनि रानाले स्वागत गरे ।

रानाले रानाले देशभर एमाले रोज्नेको लहर सुरू भएको भन्दै यसले एमाले आवश्यकता पुष्टि गरेको बताए ।

एमाले रोजेका थापाले जनमोर्चा कम्युनिष्ट सिद्धान्तबाट च्युत भएकोले पार्टी छाडेको बताए । उनले भने, `जनमोर्चा कम्युनिष्टको नाममा कांग्रेसको पछुवा भयो ।´


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर