प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक – Nepal Press

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिइन् ।

बैठकका एजेन्डाबारे भने जानकारी नभएको उनले बताइन् । सोमबार र विहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर