आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा (भिडिओ) – Nepal Press

आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुने र संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका हुन् ।

उनले संघीय चुनावपछि राप्रपाले कांग्रेस एमालेलाई चुनौती दिने गरि अघि बढ्ने बताए । अहिले सामाजिक सञ्जालमा आफूलाई गालिगर्नेहरूको भीड लागेको भन्दै आगामी दिनमा उनीहरू राप्रपा नेपालमा नै आउने उनले बताए ।

उनले राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुनर्स्थापना, सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर चुनावमा जाने जानकारी दिए ।

उनले दलहरू एमसीसीका नाममा राष्ट्रियतालाई कमजोर बनाएकाले राप्रपा नेपालले राष्ट्रियताको पक्षमा आवाज उठाउने उल्लेख गरे ।

कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष थापाले राप्रपा नेपाल प्रवेश गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर