विवेकशील साझाविरुद्ध पाण्डेले दिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार – Nepal Press

विवेकशील साझाविरुद्ध पाण्डेले दिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडैं । सर्वोच्च अदालतले विवेकशील साझाविरुद्ध मिलन पाण्डेले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अध्यक्ष रवीन्द्र मिश्रले पाण्डे लगायतका नेताहरुलाई पार्टीबाट निष्कासित गरेपछि उनी अदालत पुगेका थिए ।

विवेकशील साझा पार्टी, सो पार्टीका अध्यक्ष मिश्र एवम् निर्वाचन आयोगलाई विपक्षी बनाई पाण्डेले रिट दायर गरेका थिए ।

विवेकशील साझा पार्टीको निर्णय प्रमाणीकरण र अद्यावधिक गरेकोमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाई सर्वोच्चमा गत फागुन १३ गते रिट दायर गरिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले आज दुवै पक्षको छलफल पश्चात् निवेदकको माग बमोजिम अन्तरिम आदेश दिनु नपर्ने भनी आदेश दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर