माधवलाई प्रचण्डको प्रस्ताव- कांग्रेसलाई नकुरौं, तालमेलको तयारी गरौं – Nepal Press

माधवलाई प्रचण्डको प्रस्ताव- कांग्रेसलाई नकुरौं, तालमेलको तयारी गरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न नेकपा एकीकृत समाजवादीसँग प्रस्ताव गरेका छन् ।

प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन सम्पर्क गरी कांग्रेसको निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गरेका हुन् ।

प्रचण्डले कांग्रेसभित्र चुनावी तालमेलबारे विवाद रहेको अवस्थामा आफ्नो तर्फको तयारी रोक्न नहुने बताएका हुन् । प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श गरेका छन् ।

आजमात्रै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् ।

‘प्रचण्डजीले टेलिफोन गरेर कांग्रेसले निर्णय लिन ढिलो गर्‍यो हामी छलफल गरौं भन्नुभएको छ । कांग्रेस नआएपनि चुनावी तालमेलको खाका बनाउन प्रचण्डीले भन्नुभएको छ’, कार्यकर्तासँग नेपालले भनेका छन् । उनले कांग्रेसभित्र पनि चुनावी तालमेलकै पक्षधर बलियो रहेको बताए ।

‘शेरबहादुरजी रामचन्द्रजीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्छ । आजैपनि प्रधानमन्त्रीसँग तालमेलबारे कुराकानी हुनसक्छ’, नेपालले भने । उनले प्रधानमन्त्री पूर्वबाट फर्कनासाथ स्थानीय निर्वाचनमा तालमेल गर्नेबारे बैठक बस्नसक्ने बताए ।

कांग्रेसले चुनावी तालमेलबारे छलफल गर्न चैत ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।


प्रतिक्रिया

One thought on “माधवलाई प्रचण्डको प्रस्ताव- कांग्रेसलाई नकुरौं, तालमेलको तयारी गरौं

  1. तालमेल, गठकन्धन । भन्दाभन्दै प्राण जाला नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर