एमाले छाडेका काफ्ले समाजवादीको पोलिटब्यूरोमा, झापामा ओलीविरुद्ध चुनाव लड्ने घोषणा – Nepal Press

एमाले छाडेका काफ्ले समाजवादीको पोलिटब्यूरोमा, झापामा ओलीविरुद्ध चुनाव लड्ने घोषणा

काठमाडौं । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व ताप्लेजुङ जिल्ला इन्चार्ज भाष्कर काफ्ले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेले लोकतान्त्रिक मूल्यमान्यता त्यागेको र पार्टीभित्र केपी शर्मा ओलीको अधिनायकवाद हाबी भएको भन्दै काफ्लेले एमाले त्यागेको घोषणा गरेका छन् । पार्टीभित्र आन्तरिक एकताका लागि गरिएको प्रयत्न सफल नभएकाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको उनले बताए ।

‘एमालेभित्रै रहेर यसलाई लोकतान्त्रिक पार्टी बनाउन कोसिस गरियो तर चितवन महाधिवेशनबाट ओलीले पार्टीलाई अधिनायकवादतिर लगे । जनवर्गीय संगठनमा पनि चुनाव हुन नदिई खल्तीबाट नाम झिकेर पढ्न थालेपछि एमाले कम्युनिष्ट आन्दोलनका लागि अयोग्य भयो भन्ने निष्कर्षका साथ नयाँ यात्रामा लागेको छु’, काफ्लेले नेपाल प्रेससँग भने ।

एमाले विभाजनका बेला सनाखतमा अनुपस्थित भएर १० बुँदे पक्षधर बन्दै काफ्ले समाजवादीमा लागेका थिएनन् । एकीकृत समाजवादीले उनलाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।

झापा क्षेत्र नम्बर २ का काफ्लेले आगामि निर्वाचनमा ओलीविरुद्ध चुनाव लड्ने घोषणा समेत गरेका छन् । ‘झापामा केपी ओली जुन क्षेत्रबाट चुनाव लडेपनि उनीविरुद्ध उभिने संकल्प गरेको छु’, काफ्लेले भने ।


प्रतिक्रिया

One thought on “एमाले छाडेका काफ्ले समाजवादीको पोलिटब्यूरोमा, झापामा ओलीविरुद्ध चुनाव लड्ने घोषणा

  1. काम गर्नु छैन । चाहिएकाे छ पद । कामै नगरि पद त माओवादी, काँग्रेस , एसमा पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर