नेपाल बुद्धिजीवी परिषद् चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा लक्ष्मीकान्त चालिसे – Nepal Press

नेपाल बुद्धिजीवी परिषद् चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा लक्ष्मीकान्त चालिसे

चितवन । नेकपा एमालेनिकटको बुद्धिजीवी परिषद् चितवनको नवौं जिल्ला अधिवेशनले लक्ष्मीकान्त चालिसेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा भएको अधिवेशनमा नरेन्द्र कँडेल उपाध्यक्ष, डा. निराजन भट्टराई सचिव, एकराज शर्मा सहसचिव र सीताकुमारी रिजाल कोषाध्यक्ष चयन भएका छन् ।

त्यस्तै दीपकबाबु नेपालको संयोजकत्वमा वसन्त पौडेल र विष्णु शर्मा रहेको लेखा समिति गठन गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य डा. ईश्वरी कडरिया, परिषद्का जिल्ला इन्चार्ज हरि आचार्य, शिक्षाविद् एवम् बुद्धिजीवी रमाकान्त सापकोटा, निवर्तमान अध्यक्ष दीपकप्रकाश सिवाकोटीलगायतले धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर