संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला गलत थियो भनेर एमाले जानु हुँदैन : घनश्याम भुसाल (भिडिओ) – Nepal Press

संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला गलत थियो भनेर एमाले जानु हुँदैन : घनश्याम भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने दाबी गरेका छन् ।

मंगलबार पत्रकारहरूसँग वाम एकताको औचित्यबारे छलफल गर्दै भुसालले संसद विघटन र पुन:स्थापना इतिहासको घटना भइसकेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यहिँ छाड्नुपर्ने बताए ।

भुसालले भने, ‘नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण थिएन, एउटा राजनीतिक कारण थियो संसद विघटन । त्यसमा हामी अहिले पनि विभाजित छौं । त्यसलाई अदालतले निर्णय गरिसकेको छ । यो संविधान रहेसम्म संसद विघटन हुँदैन भनिसकेपछि अब एमालेले सर्वोच्चको त्यो निर्णय गलत भनेर जाने हो भने संविधान भत्किन सक्छ र सोझै अस्थिरताको पक्षमा हिँड्नुपर्ने हुन्छ ।’

एमालेले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला गलत रहेको र पछिल्लो परमादेश सेटिङबाट आएको बताउँदै आएको छ ।


प्रतिक्रिया

2 thoughts on “संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला गलत थियो भनेर एमाले जानु हुँदैन : घनश्याम भुसाल (भिडिओ)

  1. ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउनु नै अग्रगमन, क्रान्तिकारी काम र कम्युनिस्ट आन्दोलनको उचाइ छुने एउटा छलांग मारेको कुरा हो भन्दै जानु पर्छ नि अब, खुंखार कम्युनिस्ट अनि क्रान्तिकारी प्रचण्ड र म्मकुने ले त्येही गरका छन्, अबको नेपाली कम्युनिस्ट क्रान्तिको बाटो त्यो भन्दै जाम है !!!
    पत्रु !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर