माओवादी रामेछापका नेता नाम्गेल शेर्पा एमालेमा प्रवेश – Nepal Press

माओवादी रामेछापका नेता नाम्गेल शेर्पा एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा माओवादीको जातीय संगठन शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव नाम्गेल शेर्पा मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

विद्यार्थी राजनीति नेकपा एमालेबाटै गरेका रामेछापका शेर्पा सरस्वती क्याम्पसको स्ववियु सचिवसम्म भइसकेका नेता हुन् । उनी एमाले विभाजनपछि नेकपा माले हुँदा माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा थिए ।

माओवादीले ४ हजार सदस्यीय केन्द्रीय सदस्य बनाउँदा नाम्गेल पनि केन्द्रीय कमिटीमा थिए । उनी शेर्पा संघका पूर्व महासचिव पनि हुन् । शेर्पासँगै कांग्रेसका नेता गोविन्द लामा पनि एमालेमा प्रवेश गरेका छन् ।

बुधवार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई एमालेमा प्रवेश गराएका छन् । सोही कार्यक्रममा माओवादीका पर्सा जिल्ला इन्चार्ज बाबुराम कौशिक,वाइसिएल संयोजक चन्दन रौनियार लगायतका नेताहरू पनि एमालेमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर