रसियाले अमेरिकामाथि साइबर हमला गर्न खोजिरहेको छ : बाइडेन – Nepal Press

रसियाले अमेरिकामाथि साइबर हमला गर्न खोजिरहेको छ : बाइडेन

न्यूयोर्क । अमेरिकी राष्टपती जो बाइडेनले सोमबार एक वक्तव्य जारी गर्दै रसियाले अमेरिकामाथि साइबर हमला गर्न खोजेको दाबी गरेका छन् । बाइडेनले भने, ‘रसियाले अमेरिका माथि साइबर हमला गर्न खोजिरहेको छ यद्यपि हामी हाम्रा स्रोत साधनहरू प्रयोग गरेर उक्त हमला रोक्न र प्रतिक्रिया दिन तयार छौँ ।’

रसियाले युक्रेन माथि गरेको हमला पछि अमेरिका लगायतका देशले रसियामाथि प्रतिबन्ध लगाएको कारण प्रतिसोधमा रसियाले अमेरिकामा साइबर हमलाको तयारी गरेको बाइडेनको भनाई छ ।

बाइडेनले गत फेब्रुअरी २४ मा पनि रसियाले अमेरिका माथि साइबर हमलाको तयारी गरेको दाबी गर्दै प्रतिक्रियाका लागि अमेरिका तयार रहेको बताएका थिए ।

सोमबारको व्यक्तव्यमा पनि अमेरिकी संयन्त्रले रसियाले अमेरिका माथि साइबर हमला गर्ने तयारी गरिरहेको देखाएकाले सम्पूर्ण अमेरिकी कम्पनीहरूलाई साइबर सुरक्षा अझै सशक्त बनाउन निर्देशन समेत दिएका छन् ।

व्यक्तव्यमा भनिएको छ, ‘तपाईँसँग शक्ति, क्षमता र जिम्मेवारी छ साइबर सुरक्षा र महत्त्वपूर्ण सेवाहरू र प्रविधिहरूको लचिलोपनलाई सुदृढ गर्ने जसमा अमेरिकीहरू निर्भर छन् । हामी सबैले आ–आफ्नो भूमिका निर्वाह गर्न आवश्यक छ।

रसिया र युक्रेन बिचको तनाव सुरु भए यता अमेरिका , युके लगायतका देशका साइबर विज्ञहरूले युद्धको बहानामा आफ्नो देशमा पनि साइबर हमला हुन सक्ने चेतावनी दिँदै आएका छन् ।

उनीहरूले सन् २०१७को नट पेटिया वाइपर अट्याकको उदाहरण दिँदै त्यस्तै किसिमका हमला पुन दोहोरिन सक्ने बताउँछन् । नट पेटिया वाइपर अट्याकका कारण सन् २०१७ मा विश्व बजारले १० बिलियन अमेरिकी डलर बराबरको क्षति बेहोरेको थियो । अमेरिका तथा युरोपियन युनियनले उक्त हमलाको दोष पनि रसियन सैनिकलाई लगाउँदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर