स्थानीय तहमा उम्मेदवार बन्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता रोक्न अन्तरिम आदेश – Nepal Press

स्थानीय तहमा उम्मेदवार बन्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आसन्न स्थानीय चुनावमा उम्मेदवार हुने जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसिंहता तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आज कारण देखाउसहित सो आदेश जारी गरेको हो । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष  निमा  ग्याल्जेन शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर