साहुबाट रकम असुल्न कामदारले आफै अपहरणमा परेको नाटक गरे – Nepal Press

साहुबाट रकम असुल्न कामदारले आफै अपहरणमा परेको नाटक गरे

दाङ । दाङमा एक युवकले साहुबाट रकम असुल्न अपहरणमा परेको नाटक गरेको खुलासा भएको छ । रुकुम घर भई तुलसीपुरमा बस्दै आएका एक युवकलाई बेपत्ता भएको दुई दिनपछि जङ्गल क्षेत्रबाट उद्धार गरेपछि अनुसन्धानका क्रममा यस्तो खुलासा भएको हो ।

इलाका प्रहरी कार्यालय दाङका डिएसपी श्यामु अर्यालका अनुसार उनी सोमबार बिहान ८ बजेतिर लमही नगरपालिका वडा नं. ९ स्थित अमेलिया क्षेत्रको जङ्गलको सडक छेउमा फेला परेका थिए ।

अपहरित व्यक्ति देवकोटाले विभिन्न बहाना गरे पनि प्रारम्भिक अनुसन्धानबाट त्यो नाटक गरेको खुलेको प्रहरीले जनाएको छ ।

सापकोटा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ गाउँस्थित हरि रिजालको ड्रागन फ्रुटको फार्ममा काम गर्ने कर्मचारी हुन् । रिजालको हस्पिटल, कलेज लगायत विभिन्न क्षेत्रमा ठूलो लगानी छ ।

देवकोटा श्रीमती र छोरीको साथमा रिजालकै फार्ममा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनकी श्रीमती र रिजालको मोबाइलमा बार्गेनिङ गर्दै विभिन्न खाले म्यासेजहरू पठाएको प्रमाणहरू भेटिएको र अनुसन्धानकाक्रममा उनको पनि त्यसमा संलग्नता देखिएको डिएसपी अर्यालले बताए ।

उनले साहु र आफ्नो श्रीमतीलाई अपहरणमुक्त गर्नुपर्ने भए ५० लाख पैसा लिएर आउनू भन्ने खाले म्यासेज गरेको खुलेको पनि प्रहरीले जनाएको छ ।

छुट्टै अर्को सिम कार्डबाट आफैँ वा अरू केही व्यक्तिको सहयोगमा रिजालबाट पैसा लिन आफैँले नाटक गरेको आशङ्का भइरहेको उनले बाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर