बुटवलमा कांग्रेसले छान्यो वडाध्यसहित सदस्यका उम्मेदवार, पहिलाकालाई नै प्राथमिकता – Nepal Press

बुटवलमा कांग्रेसले छान्यो वडाध्यसहित सदस्यका उम्मेदवार, पहिलाकालाई नै प्राथमिकता

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ मा वडाध्यक्षका लागि नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार चयन गरेको छ । आज बिहान वडा भेलाले भेलाले वडासभापति प्रदीपकुमार श्रेष्ठलाई अघि सार्ने निर्णय गरेको हो ।

कांग्रेसले वडा सदस्यहरूमा खुल्लाबाट सूर्यबहादुर कार्की र विवस पुरी भरत तथा महिलाबाट इन्दिरा ज्ञवाली र दलित महिलाबाट माया परियारलाई उठाउने निर्णय गरेको छ । उम्मेदवारको नाम टुंग्याएसँगै आफूहरू चुनावी अभियानमा होमिएको श्रेष्ठले नेपाल प्रेसलाई बताए ।

‘वडा भेलाबाट सर्वसम्मत नाम फाइनल भयो, यही विवरण क्षेत्र र नगरमा पठाउने हो, साथीहरुले नेतृत्वका लागि जिम्मेवादी दिनुभयो अब म मैदानमा लागेँ’, श्रेष्ठले भने ।

२०७४ को स्थानीय निर्वाचनमा श्रेष्ठ एमालेका उम्मेदवार विष्णु थापासँग पराजित भएका थिए । थापाले १२८१ मत ल्याउँदा श्रेष्ठले ९६९ मत प्राप्त गरेका थिए ।

पार्टी आन्तरिक नमिलेकै कारण अघिल्लो निर्वाचनमा कांग्रेसले पराजय भोगेको भन्दै अहिले जसरी पनि जित्ने संकल्पका साथ सर्वसम्मतरूपमा उम्मेदवार तय गरिएको नेताहरूले बताएको छ ।

श्रेष्ठले पनि पार्टीमा अहिले कुनै प्रकारको मनमुटाव नरहेको र सबैले एकमतका साथ सर्वसम्मत उम्मेदवार चयन भएकाले जित्ने विश्वास बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर