यूक्रेनमाथिको आक्रमण रोक्न रुसलाई पाँच देशले दबाब दिने – Nepal Press

यूक्रेनमाथिको आक्रमण रोक्न रुसलाई पाँच देशले दबाब दिने

मस्को । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथिको आक्रमण रोक्न रुसलाई दबाब दिने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन् ।

युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले यूक्रेन संकटप्रति चिन्ता व्यक्त गर्दै रुसविरुद्ध अब चर्को दबाब दिनु पर्ने निस्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

उनीहरुले आ–आफ्नो देशको तर्फबाट कूटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि यूक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक–पटक वार्ता भएपनि ठोस उपलब्धी हुन सकेको छैन ।

त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथि रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए । तर पनि आक्रमण अहिलेसम्म जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर