एमाले केन्द्रीय कमिटी बैठक सुरू, चुनावी रणनीति मुख्य एजेण्डा (तस्बिरहरु) – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक सुरू, चुनावी रणनीति मुख्य एजेण्डा (तस्बिरहरु)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठक आज र भोलि दुई दिन चल्नेछ ।

बैठक वैशाख ३० को स्थानीय चुनावमा केन्द्रित रहेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको राजनीतिक तथा समसामयिक प्रतिवेदन, सातवटै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषय बैठकका मुख्य एजेण्डा छन् ।

त्यसबाहेक पार्टीका विभागलाई पूर्णता, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर