ओलीको दस्तावेज- गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुनुपर्छ, एमाले एक्लै जित्न सक्षम छ (पूर्णपाठ) – Nepal Press

ओलीको दस्तावेज- गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुनुपर्छ, एमाले एक्लै जित्न सक्षम छ (पूर्णपाठ)

‘अघिल्लो स्थानीय चुनावमा पनि एमालेले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गरेको हो’

काठमाडौं । नेकपा एमालेले पाँच दलीय गठबन्धनका कारण पार्टीलाई अप्ठेरो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिए पनि गठबन्धन सामर्थ्यको प्रतीक नभएर कमजोरीको द्योतक रहेको दाबी गरेको छ ।

पार्टीको बुधवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी रहेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ- गत निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका थियौँ ।

निर्वाचन नेकपा एमालेको विजयको आधार सुदृढ छन्,जसलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वासका साथ जान जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर