एमाले बैठकमा कर्णालीको रिपोर्ट- सत्ता गठबन्धन नहुँदा २९ स्थानीय तह जित्ने दाबी – Nepal Press

एमाले बैठकमा कर्णालीको रिपोर्ट- सत्ता गठबन्धन नहुँदा २९ स्थानीय तह जित्ने दाबी

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा कर्णालीका प्रदेशमा सत्ता गठबन्धन नभएको अवस्थामा ७९ मध्ये २९ स्थानीय तह जित्ने रिपोर्टिङ पेश भएको छ ।

बैठकमा प्रदेश अध्यक्ष विनोदकुमार शाहले विभिन्न जिल्लाको पछिल्लो रिपोर्टिङ समायोजना गर्दै सत्ता गठबन्धन एकातिर,एमाले एक्लै अर्कोतिर हुँदा १५ स्थानीय तहमात्र जित्न सकिने आँकलन गरेका हुन् ।

एमाले २०७४ को स्थानीय चुनावमा कर्णालीका २६ स्थानीय तहको प्रमुख जितेको थियो । यसपटक गठबन्धन नहुँदा ३ वटा स्थानीय तह थप्न सकिने शाहले बताए ।

शाहले हुम्लामा ३, डोल्पामा ४, मुगुमा २, जुम्लामा १, कालिकोटमा ३ र दैलेखमा ५ तथा सुर्खेतमा ६ स्थानीय तह जित्न सकिने रिपोर्टिङ गरेका छन् । उनले रुकुम पश्चिम र सल्यानको रिपोर्ट नआएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर