संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु अदालतको मानहानी : शाक्य – Nepal Press

संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु अदालतको मानहानी : शाक्य

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु अदालतकै मानहानी भएको बताएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध रिटको पूर्णइजलासमा भइरहेको सुनुवाइमा शाक्यले यस्तो आदेश दिनु अदालतको मानहानी भएको बताएका हुन् । उनले कामुप्रधानन्यायाधीशले पनि संवैधानिक इजलासको नेतृत्व गर्न जिकिर गरे ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटको पूर्णइजलासमा सुनुवाइको क्रममा शाक्यले सो कुरा बताएका हन् । इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर