लेटाङ घटनाबारे छानबिन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन – Nepal Press

लेटाङ घटनाबारे छानबिन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन

काठमाडौं । मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

प्रदेश नम्बर १ का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।

‘समितिलाई घटनाबारे छानबिन गरेर १० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको प्रदेश प्रहरी प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले नेपाल प्रेसलाई जानकारी दिए ।

मोरङको लेटाङ नगरपालिका–५, खेरुवास्थित शिक्षा विकास माविमा भएको घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले सार्वजनिक प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *