एमाले नेता प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’ विमोचन – Nepal Press

एमाले नेता प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’ विमोचन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीद्वारा लिखित पुस्तक ‘दिशाबोध’ विमोचन गरिएको छ । एमाले केन्द्रीय कमिटीको जारी तेस्रो बैठकबीच अध्यक्ष केपी शर्मा ओलीले आज सो पुस्तक विमोचन गरेका हुन् । पुस्तक राष्ट्रिय युवा संघ नेपालले प्रकाशन गरेको हो ।

विमोचनको क्रमममा अध्यक्ष ओलीले नेता ज्ञवालीले पुस्तकका माध्यमबाट एमालेको राजनीतिक दर्शन र गन्तव्यलाई साहित्यजस्तै सरल ढंगबाट पस्किएको बताए ।

‘गन्तव्य विनाको यात्रा घुमिफिरी रुम्जाटार हुन्छ । गन्तव्य कहिँ हुँदैन हिँड्ने मात्रै काम हुन्छ,’ उनले भने, ‘दिशाबोधमा नौ वटा विषयवस्तुमा आधारित रहेर नेकपा एमालेको गन्तव्य प्रष्टरूपमा उल्लेख गरिएको छ ।’

अध्यक्ष ओलीले एमालेले लिएको लिएको समाजवाद हुँदै साम्यवादको बाटो र अहिलेको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ को गन्तव्य पुस्तकले प्रष्ट्याउन खोजेको बताए ।

‘पुस्तकमा समाजवादको बाटोमा अघि बढ्न कस्ता नीति, कस्ता कार्यक्रम कस्ता क्षेत्रमा बजेट र योजनाको आवश्यकता छ ? भन्नेदेखि लिएर आजको समसायिक परिस्थितिको यथार्थता चित्रण गरेको छ,’ उनले भने,‘यसले समाजवादको आधार तय गर्दा इँटा थप्ने काम गरेको छ ।’

प्रकृतिको नियमजस्तै यो पुस्तक आफूमा ग्रहण गर्न उनले नेताकार्यकर्ताहरूलाई आग्रह गरे ।

‘प्रकृतिको नियम जुन चीज छ आफूलाई मिलाउँछ । हामीले अरु चिजलाई ग्रहण गरेर आफू बनाउँछौ त्यसैले यो पुस्तकलाई ग्रहण गरेर आफ्नो बनाउँन म आग्रह गर्छु,’ उनले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर