जनजाति महासंघको चुनावमा कांग्रेस-एमाले गठबन्धन – Nepal Press

जनजाति महासंघको चुनावमा कांग्रेस-एमाले गठबन्धन

काठमाडौं । सहकारी, वन र खानेपानीदेखि स्थानीय तह निर्वाचसम्म सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदै गर्दा नेपाल आदिवासी जनजाति महासंघमा भने फरक ढंगले चुनाव हुने भएको छ ।

नवलपरासीमा जारी जनजाति महासंघको दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन हुन लाग्दा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ ।

एमाले नेताहरु गोकुल घर्ती, पासाङ शेर्पा, पेम्बा गुरुङ भोटो, कृपासुर शेर्पा र कांग्रेसका जिपछिरिङ शेर्पा, दामन पाख्रिन लगायतका नेताहरुबीचको वार्तापछि गठबन्धन गर्ने सहमति भएको हो ।

स्रोतका अनुसार कांग्रेस एमाले गठबन्धनबाट अध्यक्षमा ग्याल्जेन शेर्पा उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले अध्यक्ष र एमालेले वरिष्ठ उपाध्यक्ष, महासचिव तथा कोषाध्यक्षसहित बहुमत पदाधिकारी लिएर चुनावमा जाने भएका छन् ।

एमालेबाट वरिष्ठ उपाध्यक्ष तथा महासचिवमा बुद्ध घर्ती र दिवस राईको नाममा टुंगो लाग्दैछ । त्यस्तै माओवादी,समाजवादी लगायतका अन्य दलहरुको गठबन्धनबाट किरण सुनुवार अध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर