प्रभुविरुद्धको उजुरी प्रेसलाई दिएको भन्दै ओलीले गरे केन्द्रीय कमिटी बैठकमा रेखा झाको आलोचना – Nepal Press

प्रभुविरुद्धको उजुरी प्रेसलाई दिएको भन्दै ओलीले गरे केन्द्रीय कमिटी बैठकमा रेखा झाको आलोचना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसमक्ष पेस गर्नुपर्ने उजुरी केन्द्रीय सदस्य तथा सांसद रेखा झाले प्रेसलाई दिएको भन्दै केन्द्रीय कमिटी बैठकमा आलोचना गरेका छन् ।

विहीबार बैठकलाई समापन मन्तव्य दिँदै अध्यक्ष ओलीले पार्टीको हुर्मत लिने काम नगर्न निर्देशन दिए । ओलीले सञ्चारमाध्यममा दिएर व्यक्तिलाई सन्तुष्टि भए पनि पार्टीलाई फाइदा नहुने बताए ।

बैठकमा अध्यक्ष ओलीले भने, ‘रेखा झाले मलाई एउटा पत्र दिनुभयो । त्यसअघि प्रेसलाई दिनुभएछ । यसलाई कसरी बुझ्ने ? यस्तो किन हुन्छ ? जग हँसाउने काम किन गर्ने ? पार्टीको हुर्मत लिने काम कसैले नगरौं । पार्टीभित्रका कुरा पार्टीमै राखौं ।’

रौतहटकी समानुपातिक सांसद झाले स्थायी कमिटी सदस्य प्रभु साहविरुद्ध अध्यक्ष ओलीलाई सम्बोधन गरेर उजुरी दिएकी थिइन् । साहले एकलौटी गरेर जिल्ला अधिवेशनको हलले अनुमोदन नगरेकाा पाँचजना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थानमा लगेर सपथग्रहण गराएको भन्दै झाले कारवाहीको माग गरेकी छन् ।

पार्टी अध्यक्षको प्रतिवेदनमा रौतहट जिल्ला अधिवेशन सम्पन्न भएको भन्ने झुटो कुरा आएको भन्दै झाले सो प्रतिवेदन सच्याउन माग गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर