खेलकुद महासंघ लुम्बिनीमा नयाँ नेतृत्व, अध्यक्षमा कृष्ण देवकोटा – Nepal Press

खेलकुद महासंघ लुम्बिनीमा नयाँ नेतृत्व, अध्यक्षमा कृष्ण देवकोटा

बुटवल । नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देहीका कृष्ण देवकोटा चयन भएका छन् । विहीबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले देवकोटाको अध्यक्षतामा ६१ सदस्यीय नेतृत्व चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा बाँकेका चन्द्रप्रसाद श्रेष्ठ तथा प्युठानकी नारायणी जिसी निर्वाचित भएका छन् । सचिवमा दाङका दिनेश आचार्य, उपसचिवमा गुल्मीका प्रेम भण्डारी र अर्घाखाँचीका केपी भट्टराई, कोषाध्यक्षमा रुपन्देहीका खेम पाण्डे चुनिएका छन् ।

महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराए ।

बस्नेतले खेलाडीहरूलाई मासिक प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्नेमा जोड दिए । खेल खेलेरै आफ्नो परिवारलाई सुविधायुक्त व्यवस्थापन गर्न सक्छु भन्ने आत्मविश्वास दिलाउन सकेमात्र खेलाडी पलायन नहुने अवस्था सिर्जना हुने उनको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर