रसियाले आणविक हतियार प्रयोग गरेमा अमेरिका प्रतिकारमा उत्रने बाइडेनको चेतावनी
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनका विरुद्ध आणविक हतियारको प्रयोग गरेमा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
बिहीबार संम्पन्न जी७, युरोपियन संघ तथा नेटोको शिखर सम्मेलन पश्चात पत्रकारहरुसँगको संवादमा बाइडेनले यस्तो दाबी गरेका हुन् । प्रतिकारको प्रकृति रसियाले प्रयोग गर्ने आणविक हतियारको प्रकृतिमा भर पर्ने बाइडेनको भनाइ छ ।
शिखर सम्मेलन पश्चात बाइडेन आज शुक्रबार पोल्याण्ड जाने कार्यक्रम रहेको छ । पोल्याण्डमा उनले युक्रेनबाट विस्थापित भएका नागरिकहरुसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । पोल्याण्डमा लगभग २० लाख युक्रेनी शर्णार्थीहरुले आश्रय लिइरहेको बताइएको छ ।