हिलरी क्लिन्टनविरुद्ध ट्रम्पले हाले मुद्दा, चुनावमा रुसी गुप्तचरसँग मिलेको दाबी – Nepal Press

हिलरी क्लिन्टनविरुद्ध ट्रम्पले हाले मुद्दा, चुनावमा रुसी गुप्तचरसँग मिलेको दाबी

न्यूूयोर्क। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरु डेबी वासरमान शूल्ज, जेम्स कमी र जोन पोडेस्टाविरुद्ध मुद्दा दायर गरेका छन् ।

ट्रम्प्ले सन् २०१६ को राष्ट्रपति चुनावमा हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरूले उनको चुनावी अभियानलाई रुससँग जोडेर निर्वाचनमा धाँधली गर्न खोजेको आरोपमा मुद्दा दायर गरेका हुन् ।

उक्त निर्वाचनमा ट्रम्प विजयी भएका थिए । यधप्पी उनलाई रुसी गुप्तचरहरूसँग मिलेर आफ्नो पक्षमा निर्वाचनको परिणाम पार्ने षड्यन्त्र गरेको आरोप लागेको थियो ।

सन् २०२० मा रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको एउटा सिनेट समितिले प्रकाशित गरेको प्रतिवेदनमा रुसले ट्रम्पलाई विजयी हुन सघाउन रिपब्लिकन पार्टीका राजनीतिक कार्यकारी पोल म्यानफोर्ट र विकिलीक्सको वेबसाइट प्रयोग गरेको निष्कर्ष निकालेको थियो यधप्पी प्रतिवेदनले षड्यन्त्रबारे कुनै प्रमाण भने प्रदान गरेको थिएन ।

ट्रम्पले डेमोक्र्याटिकहरुले निर्माण गर्न खोजेको उक्त भाष्यले आफुले २.४ करोड डलर हानी बेहोर्न बाध्य भएको दाबी गर्दै क्षतीपुर्तीको माग गरेका छन् । यस ससन्दर्भमा हालसम्म क्लिन्टन वा डेमोक्र्याटिक पार्टीले भने कुनै प्रतिक्रिया जनाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर