नेकपा एसले आफ्नो नाम दुरुपयोग गरेको दुलालको दाबी, कुनै पार्टीमा नरहेको स्पष्टोक्ति – Nepal Press

नेकपा एसले आफ्नो नाम दुरुपयोग गरेको दुलालको दाबी, कुनै पार्टीमा नरहेको स्पष्टोक्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभागमा सदस्य राखिएकोमा उर्जाविज्ञ प्रकाश दुलालले असहमति जनाएका छन् ।

नेपाल प्रेसमा प्रकाशित नेकपा एसको केन्द्रीय विभाग गठन सम्बन्धी समाचार र नेकपा एसको कार्य विभाजनमा उनको नाम जलस्रोत विभागको सातौँ नम्बरको सदस्यमा छन् । विभागको प्रमुख डा. वंशीधर मिश्र छन् ।

दुलालले भने नेकपा एसले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति जनाए । उनले आफू नेकपा एसमा आबद्ध नरहेको र विगतमा एमाले तथा नेकपामा विभाग सदस्य रहे पनि हाल आफू कुनै पार्टीमा नरहेको प्रस्ट पारेका छन् ।

दुलालले नेपाल प्रेससँग भने- म एमालेमा जलस्रोत तथा ऊर्जा विभागको सदस्य थिएँ । नेकपामा पनि निरन्तर रहेँ । नेकपाभित्रको विवादका बेला मैले माधव नेपालको पक्ष लिएको हुँ । तर पार्टी विभाजनपछि म नेकपा एसमा छैन र एमालेमा पनि सदस्यता नवीकरण गरेको छैन ।

दुलालले आफ्नो नाम हटाउन आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर