३२ सय ८७ प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित) – Nepal Press

३२ सय ८७ प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा ३२ सय ८७ जना प्रहरी जवान सहायक हवल्दार पदमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फको रिक्त रहेको १४ हजार ५ सय ६७ प्रहरी सहायक हवल्दार पदमा ३२ सय ८७ जना प्रहरी जवान बढुवा भएका हुन् ।

बढुवाद्वारा पूर्ति गर्न शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी जवान पदमा रहेको जेष्ठता कायम हुने गरी ३२सय ८७ जना जवानलाई सहायक वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको थयो ।

जनपद प्रहरी . समूहतर्फका प्रहरी जवानहरुलाई प्रहरी नियमावली २०७१ को नियम ३० को ४ बमोजिम जेष्ठताको आधारमा सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

यस्तै ५०५ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर