भरतपुर-११ मा ९७ वर्षीया वृद्धासहितका स्थानीय एमालेमा प्रवेश – Nepal Press

भरतपुर-११ मा ९७ वर्षीया वृद्धासहितका स्थानीय एमालेमा प्रवेश

काठमाडौं । चितवनको सबैभन्दा बढी मतदाता भएको भरतपुर महानगरपालिका-११ को लामा टोलका अधिकांश स्थानीय एमालेमा प्रवेश गरेका छन् ।

भरतपुर महानगरपालिका ११ मा गत चैत्र ७ गतेवाट शुरु गरेको घरदैलो अभियानको शनिबार गरिएको समापन कार्यक्रममा सो टोलबाट करीव १ सय जना एमालेमा प्रवेश गरेका हुन् ।

सोही टोलकी ९७ वर्षीया वृद्धा लालमति लामाको नेतृत्वमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए। प्रवेशपछि लालमति लामाले प्रतिक्रिया दिदै आफू यतिका वर्ष निरन्तर कांग्रेसलाई भोट दिदै आएपनि देशका लागि परिवर्तन गर्ने एमाले मात्र रहेको, वृद्दवृद्दा हेरचाह गर्ने पार्टी एमाले भएकाले अब वाँकी जीवन एमालेलाई समर्पित गर्ने बताइन् ।

नेकपा एमाले वागमती प्रदेश सचिव विजय सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सचिवालय सदस्य तेजेन्द्र खड्का, पुरुषोत्तम न्यौपाने, शारदा कुमाल, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, वडा अध्यक्ष वावुराम अधिकारी लगायतका नेता सहभागी थिए ।

भरतपुर- ११ मा ५ दिन लामो घरदैलो अभियानमा प्रदेश कमिटी, जिल्ला कमिटी, महानगर कमिटी, वडा कमिटी र टोल कमिटीका नेताहरु ६ भागमा वाँडिएर २८ ठाउँका टोलहरुमा घरदैलो गरिएको एमाले भरतपुर११ का वडाध्यक्ष प्रकाश आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर