झलनाथको आरोप – केपी ओली गुटले हामी पूरानै एमाले हौं भनेर देशभरी भ्रम छरिरहेको छ – Nepal Press

झलनाथको आरोप – केपी ओली गुटले हामी पूरानै एमाले हौं भनेर देशभरी भ्रम छरिरहेको छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको नेकपा एमाले उत्प्रेषणको आदेशबाट बनेको गुट भन्दै आफूहरुले बनाएको एमाले नेकपा एकतासँगै विघटन भइसकेको बताएका छन् ।

नेकपा एस निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले एमालेहरुले अहिले देशभरी आफूहरु पूरानै एमाले भएका भनेर भ्रम छरिरहेको बताए ।

खनालले भने– त्यो गुटले देशभरी भ्रम छरिरहेको छ, एमाले भनेर । त्यो एमाले त नेकपा एकीकरणसँगै विघटन भइसकेको हो । यो त सर्वोच्च अदालतको उत्प्रेषणको आदेशबाट जन्मिएको गुट हो । तर त्यसभित्र हामीले तन्त्रमन्त्र गरेका र शिक्षित गरेका थुप्रै साथीहरु त्यहाँभित्र हुनुहुन्छ । उहाँहरु भ्रममुक्त भएर आउनुपर्छ ।


प्रतिक्रिया

2 thoughts on “झलनाथको आरोप – केपी ओली गुटले हामी पूरानै एमाले हौं भनेर देशभरी भ्रम छरिरहेको छ

  1. यिनी त खराब मान्छे रहेछन जनता ढाट्ने नकचरा

  2. पुरानाे एमाले त ओलिकै नेतृत्वकाे हाे नि । तिमीहरू त भगाैडा हाै । विदेशीले पार्टी फुटाउने आदेशदियाे अनि दलाली भाग बुझेर पार्टी फुटाउने तिमीहरू दलाललाई किन चाहियाे एमाले ? काँग्रेसकाे पुच्छर समाउ या काँग्रेस बने भैगयाे नि । तपमीहरू जस्ता दलाललाई ओलि जस्ताे राजनेताकाे बारेमा बाेल्ने अधिकार नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर