धनकुटाका सातवटै स्थानीयतहमा जित्ने एमालेलेकाे दाबी – Nepal Press

धनकुटाका सातवटै स्थानीयतहमा जित्ने एमालेलेकाे दाबी

धनकुटा । धनकुटामा नेकपा एमालेले जिल्लाका सातवटै स्थानीय तहमा जित्ने दाबी गरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले धनकुटामा आसन्न स्थानीय तह निर्वाचनका लागि संयुक्त गठबन्धन गरेको केहिदिन अघि पत्रकार सम्मेलन मार्फत जानकारी गराएपछि एमालेले यस्तो प्रतिक्रिया दिएको हो ।

जिला सदरमुकाममा  पत्रकार सम्मेलन आयोजना गरी  धनकुटाका सातै तहका प्रमुख र उपप्रमुख र ६० वटा वडा मध्ये ५२ वटा वडा एमालेले जित्ने दाबी गरेको हो । २०७४ सालमा भएको स्थानीयतह निर्वाचनमा धनकुटाका सातवटै स्थानीयतहका प्रमुख र उपप्रमुख सहित  ४३ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने सहमति गरे पनि एमाले एक्लैले सबै पलिका जित्ने एमालेका केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र कुमार राईले बताए  ।  पत्रकार सम्मेलनमा एमाले नेताहरुले संयूक्त गठबन्धन गरेर एमालेलाई हराउने रणनिती धनकुटामा नटिक्ने बताउँदै धनकुटामा एमालेले गत निर्वाचनमा संघ प्रदेश र स्थानीय तहमा ८५ प्रतिसत भन्दा बढि जनप्रतिनिधि एमालेको भएको र धनकुटामा अरुदलले चुनाव जित्ने भनेको दिवा सपना मात्र भएको बताएका छन् ।

निर्वाचनमा माओवादीसग पनि चुनावी तालमेल गर्ने कुरा भईरहेको जानकारी गराउदै एमाले अध्यक्ष इन्द्रमणि पराजुलीले गठबन्दनले एमालेलाई कुनै प्रभाव नपार्ने दावी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर