रुसकाे पक्षमा उभियाे ब्राजिल, जी–२० बाट रुसलाई नहटाउने
काठमाण्डौं । ब्राजिलले रुसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ । ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले बिहीबारको सिनेट बैठकमा रुसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेका हुन् ।
विदेश मन्त्री कार्लोस फ्राङ्काले बैठकमा भने, ‘हामीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा रुसलाई निष्कासित वा निलम्बन गर्ने पहल गरेको र यसको नतिजा देखेका छौँ । त्यसैले ब्राजिलले बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानुनअनुसार नै आफ्नो परम्परागत अडानको पक्षमा उभिने छ र मस्कोलाई हटाउने पहलको विपक्षमा उभिने छ ।’
उनले भने, ‘अमेरिकाले यूक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाव दिएको तर ब्राजिलको यस पक्षमा फरक अडान रहेको छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थव्यवस्थाको संगठन जी–२० समूहबाट रुसलाई हटाउने विषयमा उभिने वा युक्रेनलाई पनि ‘बैठकहरूमा पनि उपस्थित हुन’ आमन्त्रित गर्ने बताएपछि ब्राजिलको उक्त धारण आएको हो ।
रुसलाई बहिष्कार गर्ने सन्दर्भले जी–२० सदस्यहरूलाई विभाजित गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बालीमा नोभेम्बरमा हुने समूहको शिखर सम्मेलनबाट समूहमा रोक लगाउनुपर्ने बताएका छन् । तर चीनले रुसलाई ‘महत्वपूर्ण सदस्य’ भन्दै मस्कोको पक्षमा देखिएको छ । जी–२० को चक्रीय नेतृत्व (अध्यक्ष) इण्डोनेसिया ‘निष्पक्ष’ रहनेछ ।
फ्राङ्काले भने, ‘शान्ति र सुरक्षाका विषयहरूमा बहस गर्ने ठाउँ जी–२० होइन संयुक्त राष्ट्र संघ हो । अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको सबै अन्तर्राष्ट्रिय मञ्चहरू पूर्ण रूपमा क्रियाशील हुनु हो । यसको अर्थ रूसलगायत सबै देशहरू उपस्थित हुनु हो ।’
राष्ट्रपति जाइर बोल्सोनारोले युक्रेन द्वन्द्वमा ब्राजिल ‘तटस्थ’ रहन जोड दिएपछि ब्राजिलका मन्त्रीको पनि यसै लाइनमा भनाइ आएको हो ।